आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतवार

Share News

चैत ११, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतवार रहेको छ । कम्पनीले १०:४ अनुपातमा रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर फागुन २२ गतेदेखि निष्कासन गरेको हो । 

कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २७ गते सम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । 

आइतवार बैंकिङ समयसम्म शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. १ अर्ब ६२ करोड पुग्नेछ । कम्पनीले निष्कासन गरिरहेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि रेटिङ प्रदान गरेको हो । 

यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

साथै आवेदकले मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार यस हकप्रद शेयरमा शुक्रवार बिहान १० बजेसम्म १२ हजार २८६ जनाले १२ लाख ३ हजार ९१६ कित्ता हकप्रद शेयरको लागि आवेदन दिएको जानकारी गराएको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।