जाल्पा सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Share News

चैत १३, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । 

कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको प्रभु क्यापिटलले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको  हो । 

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता आईपीओमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुमा र ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।

संस्थापकतर्फ रू. १० करोड ७८ लाख चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणलाई शेयर बाँडफाँटपछि चुक्तापूूँजी रू. १६ करोड पुगेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।