नेष्डो समृद्ध लघुवित्तको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

Share News

चैत १३, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २५ लाख ५० हजार कित्ता  आईपओि सूचीकृत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२  दशलमव ५२ तोकेको छ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले  सर्वसाधारणलाई  निष्कासन गरेको ८ लाख २८ हजार ७५० कित्ता शेयर र संस्थापकतर्फको १७ लाख २१ हजार २५० कित्ता शेयर गरेर कुल २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये कम्पनीले १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपओको बाँडफाँट गत फागुन २४ गते भएको थियो ।  

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।  बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनाले एक र एक कित्ताका दरले बाँडफाँट पाएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।