गुडविल फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा 

Share News

चैत १४, काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले चैत २८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. १५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।