नेष्डो समृद्ध लघुवित्तको शेयर प्रतिकित्ता रू. ७४७.७० मा कारोबार खुला 

Share News

चैत १४, काठमाडौं ।  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सोमवार स्पेशल प्रि - ओपन सेसनमा पहिलो शेयर कारोबार खुला भएको छ ।

कम्पनीको प्रतिकित्ता रू. ७४७ दशलमव ७० मा पहिलो कारोबार भएको हो । कम्पनीको शेयर आइतवार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२  दशलमव ५२ तोकेको छ । नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।