चैत १४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार इमर्जिङ्ग नेपालको धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएका १६० ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.९२० दशलमव ३० पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग २ लाख ५६ हजार ८६३ कित्ता र विक्री माग शून्य रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।