गोर्खाज फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा 

Share News

चैत १५, काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर आज (मंगलवार) देखि विक्री गर्ने भएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ । कम्पनीले शेयर कित्ता संख्या र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखाल रोड, डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ । 

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।