नबिल बैंकसहित ३ ओटा कम्पनीको बोनस शेयर सूचीकृत

Share News

चैत १५, काठमाडौं । तीन ओटा अलग अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सूचीकृत भएको छ ।

नबिल बैंक,एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३३ दशलमव ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर र स्वाभिमान लघुवित्तले पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२ दशलमव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।