एनएलजी इन्स्योरेन्सले बिहीवार बोलायो १६ औं साधारण सभा

Share News

चैत १६, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १६ औं वार्षिक साधारण सभा बिहीवार गर्ने भएको छ ।

कम्पनीले सभा अम्रपाली व्याक्वेंट, थिरबम सडक बालुवाटारमा बिहान १० : ३० बजे हुने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यस आधारमा चैत २ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।