चैत १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा इमर्जिङ्ग नेपालको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २१३ धितोपत्रमध्ये उक्त कम्पनीको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू। ७ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १७८ मा कारोबार भइरहेको छ ।
यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ५ दशमलव ७९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको बिहीवार १८ औं दिन हो । कम्पनीको शेयर बुधवारसम्म सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । बिहीवार भने आईपीओमा परेको शेयर खरीदविक्री गर्ने बढेसँगै सर्वाीधक शेयर किनबेच भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८ दशलमव ९७ अंक घटेर २ हजार ५५९ दशमलव २८विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा रू. ७५ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।