विकास बैंकमध्ये कै सबैभन्दा बढी पूँजी भएको मुक्तिनाथ विकास बैंकको कम्पनी विश्लेषण :  

Share News

चैत १७, काठमाडौं । मुक्तिनाथ विकास बैंकको पूँजी सूचीकृत १६ ओटा विकास बैंकमध्ये सबैभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू.५ अर्ब ६५ करोड रहेको छ ।

 हालसम्ममा कम्पनीले १६६ ओटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रध्युमन पोखरेल रहेका छन् भने अध्यक्षमा भरत राज ढकाल रहेका छन् । 

कम्पनीले पाँच ओटा आर्थिक वर्षमा शेयरधनीलाई कुल ८४ दशलमव ६ प्रतिशत बोनस शेयर वितरण गरेको छ भने कुल ८ दशमलव १३ प्रतिशत नगद लाभांश ( कर प्रयोजनको लागि) वितरण गरेको हो । 

कम्पनीले आव २०७७/ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १७ दशलमव ५८ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ  । 
कम्पनीको पाँच वर्षको लाभांश विवरण :

पाँच वर्षको वार्षिक वित्तीय अवस्था (रू. हजारमा) :

 

पाँच ओटा आवको वार्षिक प्रतिवेदनलाई हेर्दा कम्पनीले आव २०७३/ ७४ मा रू. ४८ करोड ६९ लाख नाफा कमाएकोमा आव २०७७/ ७८ मा आइपुग्दा रू. १ अर्ब १५ करोड पुगेको छ । पाँच वर्षको नाफाको ट्रेण्डलाई हेर्दा आव २०७६/ ७७ मा भने कोभिडले गर्दा कम्पनीको नाफा घटेको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६० करोड २४ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ६१ करोड ५५ लाख नाफा कमाएको थियो । चालू आवको पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २२ करोड २१ लाख रहेको छ ।

कम्पनीले एनएफआरएस प्रणाली अनुसार खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरण योग्य नाफा हो । 

पाँच वर्षको नाफाको ट्रेण्ड चार्टमा 

 प्राविधिक विश्लेषण :

 

बिहीवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ रुपैयाँले कमि आएको हो ।

यस दिन कम्पनीको १९ हजार ७०५ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर ६० दिनको कारोबार अवधिमा न्यून मूल्य प्रतिकित्ता रू. ४६६ सम्म पुगेको थियो भने उच्च मूल्य रू. ६०३ सम्म पुगेको छ ।

पछिल्लो चार दिनको शेयरमूल्य ट्रेण्ड हेर्दा यहिं कतै विन्दुबाट टेवा पाएर माथि जाने संकेत पनि देखाउँछ ।   बिहीवार भने सानो टुप्पि र पुच्छर भएकाले कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य घट्ने संकेत देखाउँछ ।
 

(यद्यपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन , लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक छ । )

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।