एक्सेल डेभलपमेन्ट बैंकद्वारा १२% बोनस वितरण गर्न शुरु, शेयर अभौतिकीकरणका लागि आग्रह

Share News

चैत २०, काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ ।

कम्पनीले गत असोज १६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो । 

भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनस जम्मा गर्दै जाने कम्पनीले बताएको छ । 

यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । 

भदौ ३१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले भनेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।