चैत २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा इमर्जिङ्ग नेपालको सर्वाधिक शेयर खरीदविक्री भएको छ।
सो अवधिसम्ममा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये कम्पनीको रू.४ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २७० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७७ रुपैयाँले घटेको हो ।
कम्पनीको शेयरमूल्य विगत १७ दिनदेखि सर्किट लेबलमा वृद्धि भएको थियो । सोमवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४८१ दशमलव ९० पुगेसँगै विक्रेता हावी हुँदा मूल्य घटेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११ दशमलव ५९ अंक घटेर २ हजार ५०१ दशमलव ८२ विन्दूमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ८० करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।