च:मती जग्गा एकिकरणमा ९ ओटा प्लट विक्रीमा, प्रतिआना मूल्य २१ लाखदेखि शुरू

Share News

चैत २२, काठमाडौं । च:मती जग्गा एकिकरण आयोजना अन्तर्गतका ९ ओटा प्लट विक्रीका लागि आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

मंगलवार जारी गरिएको सूचनामा आवेदकले ३ हजारदेखि ५ हजार रुपैयाँ तिरेर बोलपत्रमा सहभागी हुन पाउने छन् ।

बाटोको क्षेत्रफल र मोहडा अनुसार प्रतिआना मूल्य भने २१ लाख ४५ हजार देखि ४३ लाख ९० हजार रुपैयाँ सम्म तोकिएको छ । २.५ आनादेखि ५.९ आना सम्म क्षेत्रफल भएका प्लटहरू ३ मिटर देखि ११ मिटर चौडा सडकमा जोडिएका छन् ।

२ ओटा प्लटको मूल्य ४२ लाख ९० हजार रुपैयाँ भएपनि अधिकांश प्लटको मूल्य भने २५ लाख भन्दा मुनी रहेको छ ।

आयोजनाले विक्री गर्ने प्लटहरू सर्भिस प्लट अन्तर्गतका हुन् । केही प्लटको आंशिक भाग हाइटेन्सन प्रशारणलाइन मुनी रहेको पनि सूचनामा उल्लेख छ ।

यो पनि पढ्नुस - हात्तिवन जग्गा एकिकरण आयोजनामा घडेरी प्लट विक्रीमा, प्रतिआना मूल्य २२ लाख देखि शुरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।