हात्तिवन जग्गा एकिकरण आयोजनामा घडेरी प्लट विक्रीमा, प्रतिआना मूल्य २२ लाख देखि शुरू

Share News


चैत २२, काठमाडौं । भेल्पा हात्तिवन जग्गा एकिकरण आयोजना अन्तर्गतका ४ ओटा प्लट विक्रीका लागि आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

मंगलवार जारी गरिएको सूचनामा आवेदकले ३ हजार रुपैयाँ तिरेर बोलपत्रमा सहभागी हुन पाउने छन् । आवेदकले आफूले कबोल गरेको रकमको १० प्रतिशतले हुन आउने रकम पनि अग्रीम रुपमा भुक्तानी गर्नुपर्ने छ ।

६ मिटर चौडा बाटो भएका सबै घडेरीको मूल्य प्रतिआना २२ लाख रुपैयाँ तोकिएको छ । साढे ५ आना देखि ६ आना सम्मका प्लटहरूको मूल्य एक करोड ३१ लाख देखि १ करोड ३५ लाख रुपैयाँसम्म तोकिएको छ ।

सातदोबाटोबाट १ किलोमिटरको दूरीमा रहेको आयोजनाले विक्री गर्ने प्लटहरू विकसित घडेरी प्लटहरू हुन् ।

यो पनि पढ्नुस च:मती जग्गा एकिकरणमा ९ ओटा प्लट विक्रीमा, प्रतिआना मूल्य २१ लाखदेखि शुरू

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।