इमर्जिङ्ग नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट

Share News

चैत २२, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार इमर्जिङ नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३२३ मा झरेको छ । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो ।

कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । दोस्रो बजारमा कारोबारमा आएको दुई दिन देखिनै कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४४० पुगेसँगै विक्रेता हावी भएका छन् ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २५ हजार ४ कित्ता शेयर विक्री माग छ भने खरीद माग शून्य रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।