चैत २३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टामा इमर्जिङ्ग नेपालको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य मंगलवारको तुलनामा यो दिन १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १९० दशलमव ७० मा झरेको छ ।
कम्पनीको शेयरमूल्यमा मंगलवार पनि नकारात्मक सर्किट लागेको थियो । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको तेस्रो दिन देखिनै सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।
शेयरमूल्य सोमवार प्रतिकित्ता रू. १ हजार ४०० पार गरेसँगै कम्पनीको शेयरमा विक्री चाप बढेको हो । त्यसोत कम्पनीको शेयर कर्नरिङ भएको भन्दै लगानीकर्ताले सामाजिक सञ्जालमा अभिव्यक्ति दिंदै आएका छन् ।
बुधवार पनि कम्पनीको शेयरमा बजार खुल्ना साथ विक्रेता हावी भएसँगै नकारात्मक सर्किट लागेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग शून्य र विक्री माग ३० हजार १७९ कित्ता रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।