ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्तिमा विक्री गरिने

Share News

चैत २५, काठमाडौं । ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । 

कम्पनीले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । 

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो ।

बैंकले शुक्रवार सूचना जारी गरी शेयर खरीद गर्न इच्छुकहरुले आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।