एनसीसी बैंकको १४ लाख २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

Share News

चैत २९, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले १४ लाख २५ हजार ६६८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र मात्र खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

कम्पनीले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता, जेनिथ इन्भेष्टमेन्ट एन्ड सेक्युरिटीको नाममा रहेको ११ लाख १० हजार ४१७ कित्ता र भुपेन्द्र राज गिरीको नाममा रहेको १५ हजार २५१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको शेयर विभागमा लिखित निवेदन सहित सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।