सूर्योदय लघुवित्त र इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

Share News

चैत २९, काठमाडौं ।  दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार ९८ दशमलव १२७ कित्ता र सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५ कित्ता बोनस शेयर सूचीकृत  भएको हो ।

यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि मात्र लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सूर्योदय लघुवित्तले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी इन्फिनीटी लघुवित्तले भने पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।