चैत २९, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२२ धितोपत्रमध्ये हिमालयन डिष्टीलरको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीको रू. ३ करोड ४० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ५२५ मा कारोबारमा भइरहेको छ ।
त्यसैगरी उक्त अवधिसम्ममा नेप्से परिसूचक २२ दशमलव ४८ अंक घटेर २ हजार ३९ विन्दुमा झरेको छ । यसैगरी रू. ६३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।