आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

Share News

चैत ३०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर चैत २८ गते बाँडफाँट भएको छ । 

कम्पनीले माघ २८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० बराबर ४ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । 

सो मध्ये रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना शेयरधनीलाई ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँट गरेको हो । 

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख २ गतेदेखि आईपीएस मार्फत् आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आइएमई  क्यापिटल लिमिटेड रहेको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।