वैशाख २, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९ गते अनुमति पाएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी दिएको छ ।
कम्पनीले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट स्वीकृति पाएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।