ग्रीन भेन्चर्सको ३ करोड १२ लाख कित्ता आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ? 

Share News

वैशाख ४, काठमाडौं । आइतवार नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । 

कम्पनीको ३ करोड १२ लाख ५० हजार बराबरको साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू. ९१ दशमलव ६ देखि २७५ दशमलव ५८ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्ता (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) का लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्ता गरेर कुल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल रहेको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।