हिमालयन उर्जा विकास कम्पनीसहित यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

Share News

वैशाख ४, काठमाडौं । कारोबारमा आएका २३३ धितोपत्र मध्ये पाँच धितोपत्रका लगानीकर्ताले आइतवार सर्वाधिक गुमाएका छन् । 

हिमालयन उर्जा विकास कम्पनी, इमर्जिङ नेपाल लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका हुन् । यी पाँच कम्पनीमध्ये हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६४ दशमलव ५० मा झरेको छ ।

त्यसैगरी दोस्रोमा इमर्जिङ नेपालको शेयरमूल्य ७ दशमलव ५८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६ दशमलव शून्य ७ प्रतिशत, सामलिङ पावर कम्पनीको ५ दशमलव ६९ प्रतिशत र नयाँ सारथी लघुवित्तको शेयरमूल्य ५ दशमलव ४१ प्रतिशतका दरले घटेको हो । 

बजार घटेसँगै यी कम्पनीहरुका शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । इमर्जिङ नेपालको शेयरमूल्य प्रतिकित्ता रू. ९०२, राष्ट्र उत्थानको रू. १ हजार ३१५, सामलिङ पावरको रू. ५३० र नयाँ सारथी लघुवित्तको रू. ९२७ कायम भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।