वैशाख ५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये महालक्ष्मी विकास बैंकको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।
उक्त अवधि सम्ममा कम्पनीको रू.३ करोड २८ लाख बराबरको धितोपत्र खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४०१ दशमलव १० मा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव ३१ अंक घटेर २ हजार ३५९ दशमलव ३३ विन्दुमा झरेको छ भने कुल रू. ५७ करोड ५७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।