नेपाल लाइफ इन्स्योरेन्सको करीब ६ लाख कित्ता संस्थापक शेयर विक्रीमा

Share News

वैशाख ७, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९८ हजार ३२१ संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष चन्द्र संघईको नाममा रहेको ४०० कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । 

कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका विद्यमान संस्थापकहरुले मात्र खरीद गर्न मिल्ने गरी उक्त शेयर विक्री गर्ने बताएको होे । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौं आइपुग्ने गरी निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा कानून बमोजिम हुने समेत कम्पनीले जानकारी गराएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।