वैशाख ७, काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.१ अर्ब २ करोडभन्दा बढी नाफा कमाएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ५६ लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको हो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १ अर्ब ८९ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २ अर्ब ४० करोड पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.१ अर्ब ५६ करोड र रिटेण्ड अर्निङमा रू. ५५ करोड ३४ लाख सञ्चित गरेको छ। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा रू. २३ दशमलव ७० रहेकोमा चालू आवमा रू. २४ दशमलव ०६ पुगेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ५४ करोड ७२ लाख रहेको छ ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछि नाफानै वितरणयोग्य नाफा हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको मूल्य आम्दानी १९ दशमलव ५४ गुणा,तरलता अनुपात २० दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ४१ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।