वैशाख ७, काठमाडौं । एभरेष्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.१ अर्ब ५१ करोड नाफा कमाएको छ ।
कम्पनीले बुधवार प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा सामान्य अर्थात् शून्य दशमलव ५९ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ५० करोड खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा २४ प्रतिशतले वृद्धि भएको छ। गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ८१ करोड ४३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको खुद ब्याज आम्दानी चालू आवको सोही बढेर रू. ३ अर्ब ५० करोड पुगेको हो। कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४६ करोड रहेको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ८ अर्ब ११ करोड ४३ लाख, रिटेण्ड अर्निङमा रू.३ अर्ब ५१ करोड र शेयर प्रिमियममा रू. २३ करोड ८४ लाख सञ्चित गरेको छ। त्यसैगरी सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ७९ करोड रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.२१ दशमलव ४५, मूल्य आम्दानी अनुपात २४ दशमलव २० गुणा,तरलता अनुपात २९ दशलमव ४४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव २७ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।