वैशाख ८, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ९ दशमलव ६२ प्रतिशत वृद्धि भएको हो ।गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ करोड ८१ लाख नाफा कमाएको थियो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ५० दशमलव ९१ प्रतिशत र सञ्चालन नाफा १५ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. २८ करोड ८१ लाख रहेको छ भने जगेडामा रू. १२ करोड ३३ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ५९ करोड सापटि लिएर,रू.९३ करोड १४ लाख सापटि लिएर रू. ३ अर्ब ९८ करोड कर्जा लगानी गरेको हो ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२४ दशमलव ४४ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ९८ गुणा, तरलता अनुपात ६ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४१ दशमलव ६६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।