ग्रीन भेन्चर्सको शेयर मूल्यमा सकारात्मक सर्किट, शेयर मूल्य प्रतिकित्ता रू. ३६०.८०

Share News

वैशाख ८, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार  बजार खुलेको डेढ घण्टा अवधिमा कारोबारमा आएका २१० धितोपत्र मध्ये ग्रीन भेन्चर्सको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएकाले सकारात्मक सर्किट लागेको हो ।

शेयर मूल्य प्रतिकित्ता रू. ३६० दशमलव ८० पुगेको हो । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आएको तेस्रो दिन हो  । सोही कारण कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । कम्पनीको आइतवार बैशाख ४ गते आइतवार ३ करोड १२ लाख ५० हजार बराबरको साधारण शेयर सूचीकृत भएको थियो ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू.९१ दशमलव ८६ देखि २७५ दशमलव ५८ मूल्य रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिनगुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता,सर्वसाधारण लगानीकर्ता(सामुहिक लगानी कोृष र कर्मचारी हरु समेत) का लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्ता गरेर कूल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबाट हुने कम्पनीले नेप्से मार्फत जानकारी दिएको छ ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।