तेस्रो त्रैमसामा गुडवील फाइनान्सका खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

Share News

वैशाख ९, काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ प्रतिशत घटेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १५ करोड खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ११ करोड मा झरेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।

सञ्चालन नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २८ प्रतिशत घटेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१७ दशमलव ३१ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ११ दशमलव ७२ कायम भएको हो । कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३३ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवमा रू.२० करोड १ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू.२६ करोड ७३ लाख पुगेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू.५३ लाख ७० हजार रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।