आइएमई जनरल इन्स्योरेन्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ७.३७ % लाभाश पारित

Share News

वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सम्पन्न भएको छ ।

 सभा लैनचौर ब्याकेंट्स लैनचौर, काठमाडौंमा शुक्रवार सम्पन्न भएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गतेदेखि २०७९ वैशाख १ गतेसुम्म बुक क्लोज गरेको थियो ।  यस आधारमा चैत २४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 
 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।