ग्रीन भेन्चर्सको शेयरमूल्य ९.९८ % वृद्धि , प्रतिकित्ता रू.३९६.८० पुग्यो

Share News

वैशाख ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा धितोपत्रमध्ये ग्रीन भेन्चर्सको धितोपत्र सर्किट लेबलमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ९८ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३९६ दशमलव ८०  पुगेको छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आएको आइतवार चौथो कारोबार दिन हो ।

सोही कारण कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । गत वैशाख ४ गते ३ करोड १२ लाख ५० हजार बराबरको साधारण शेयर सूचीकृत भएको थियो ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू.९१ दशमलव ८६ देखि २७५ दशमलव ५८ मूल्य रेञ्ज तोकेको थियो । 


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।