वैशाख १३, काठमाडौं । एनआईबिएल प्रगति फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५९ करोड ६ लाख लगानी गरेको छ । फण्डले फागुन मसान्तसम्ममा रू. ६० करोड ८० लाख सूचीकृत शेयरमा लगानी गरेको थियो ।
फागुन मसान्तको तुलनामा चैत मसान्तमा फण्डको एनएभी घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशलमव ४४ रहेकोमा चैत मसान्तसम्ममा रू. ११ दशमलव ४ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानी पनि बढेको छ ।
फागुन मसान्तसम्ममा रू.५ करोड ४ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी चैत मसान्तसम्ममा बढेर रू. १० करोड ३९ लाख पुगेको छ। चैत महीनामा फण्डको जम्मा आम्दानी रू. ९ करोड १ लाख ऋणात्मक रहेको छ ।
फागुन महीनामा पनि फण्डको जम्मा आम्दानी रू. ४ करोड ६० लाख ऋणात्मक थियो । फण्डले चैतमसान्त सम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्धति निक्षेपमा भएको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशनसहित रू. ८१ करोड २४ लाख रहेकोमा यसको बजार मूल्य रू. ७३ करोड १९ लाख रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।