वैशाख १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको २ घण्टा २० मिनेटको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्र मध्ये नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको कम्पनीको रू.१ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ६७८ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २९ रुपैयाँले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५ दशलमव ३२ अंक घटेर २ हजार ३८० दशलमव ६९ विन्दुमा झरेको छ । उक्त अवधिसम्ममा कुल रू. ४७ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।