वैशाख १५, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको पौने २ घण्टाको अवधिमा कारोबारमा आएका २१५ ओटा धितोपत्रमध्ये आइएमई जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र सर्वाधिक खरीदविक्री भएको छ।
उक्त अवधिसम्ममा कम्पनीको रू. ४ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५० दशमलव ९० मा कारोबार भइरहेको छ । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक शून्य दशमलव ७५ अंक बढेर २ हजार ३७६ दशमलव ९२ विन्दुमा पुगेको छ ।
त्यसैगरी उक्त अवधिसम्ममा कुल रू.४३ करोड ९६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।