आगोलागी हुने समस्या देखिएपछि  ओला ईलेक्ट्रिकले १४ सय यूनिट ईलेक्ट्रिक स्कुटर फिर्ता लैजाने 

Share News

वैशाख १५, काठमाडौं।  भारतीय ईलेक्ट्रिक बाईक उत्पादक कम्पनी ओला ईलेक्ट्रिकले आगोलागीको समस्या देखिएपछि बजारबाट स्कुटर फिर्ता लाने भएको छ ।

पछिल्लो समय यो कम्पनीका बाईकमा आगोलागी हुने गरेको समाचाहरु आएपछि एकै लटमा उत्पादन भएका १ हजार ४४१ यूनिट स्कुटर फिर्ता लैजाने भएको हो । 

कम्पनीले २६ मार्चमा भारतको पुनेमा यस्ता स्कुटरको परीक्षण गरेको थियो । पहिलो परीक्षणले ती स्कुटरमा यस्तो समस्या रहेको देखिएको बताइएको छ । कम्पनीले हाल बजारमा रहेका स्कुटर फिर्ता लगेर पुन: परीक्षण गर्ने भएको हो । 

‘यस्ता स्कुटरको हाम्रा ईन्जिनियरले पुरा जाँच गर्नेछन्,’ ओलाले भनेको छ, ‘ब्याट्री प्रणाली, थर्मल प्रणाली र सुरक्षा प्रणालीको परीक्षण हुनेछ ।‘ 

कम्पनीका अनुसार उसले प्रयोग गरेको ब्याट्री प्रणाली मापदण्ड अनुसारकै हो । यसको एआईए - १५६ को परीक्षणसमेत भएको छ भने भारतकालागि प्रस्तावित नयाँ मान्यता प्राप्त ब्याट्रि पनि हो । यो ब्याट्रिले यूरोपियन ईसीई- १३६ को मापदण्ड पनि पुरा गर्छ ।  

तर, हालका दिनमा देशका कतिपय स्थानमा दुई पाङ्ग्रे साधनमा आगोलागीको समस्या आएको देखिएको छ । यस कारण बजारमा गइसकेका आफ्ना उत्पादन कम्पनीहरुले फिर्ता लिइरहेका छन् । यस्तै ईलेक्ट्रिक बाईकरस्कुटर उत्पादन गर्ने अर्को कम्पनी ओकिनावा अटोटेकले यसअघिनै ३ हजारभन्दा बढी यस्ता सवारी साधन फिर्ता गरिरहेको छ ।  एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।