वैशाख १८, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा आगामी वैशाख २१ गते बुधवार हुने भएको छ ।
कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जानकारी दिएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने र आव २०७७/ ७८ को चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १२ गते बन्द गरिसकेको छ ।
यस आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।