जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, मूल्य प्रतिकित्ता रू.१२५६.८० पुग्यो

Share News

वैशाख १९, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको सवा एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्रमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजर २५६ दशमलव ८० कायम भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केड डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६५ हजार ८६ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ। 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।