वैशाख २०, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा भोलि बुधवार वुधवार हुँदैछ ।
सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने जानकारी दिएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १२ गते बन्द गरिसकेको छ । यस आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।