जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य रू. १३८२.४० पुग्यो

Share News

वैशाख २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २०७ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको धितोपत्र मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३८२ दशमलव ४० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५४ हजार ७३५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।