मुक्तिनाथ विकास बैंकको सीईओमा पुन : प्रद्युमन पोखरेल

Share News

वैशाख २१, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन : प्रद्युमन पोखरेललाई नियुक्त गरेको छ ।

कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पोखरेलको कार्यकाल यहि वैशाख मसान्तबाट सकिने हुँदा मंगलवार बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि पुन : सीईओमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

पोखरेललाई बैंकिङ्ग क्षेत्रको अनुभव र कार्य क्षमताको आधारमा पुन : सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । 

उनी हाल डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्षसमेत रहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।