खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

Share News

वैशाख २२, काठमाडौं । खप्तड लघुवित्त  वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख ११ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

२०७६ मा स्थापना भएको लघुवित्तको कैलालीको अत्तरियामा केन्द्रीय कार्यालय रहेको छ ।

लघुवित्तले ७ ओटा शाखाहरूबाट सेवा दिंदै आएको छ । चालू आर्थिक वर्षभित्र शाखा संख्या १५ पुर्‍याउने लक्ष्य रहेको छ । यो प्रदेश स्तरको लघुवित्त हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।