वैशाख २३, काठमाडौं । खाद्य उद्योग लिमिटेडले जेठ १३ गते ४९औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयको सभाहल, कालिमाटी, काठमडौंमा दिउँसो २ बजे शुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने साथै विविध विषयमा छलफल गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।