नयाँ सारथी लघुवित्तले ९ महीनामा कमायो ६ करोड ४० लाखभन्दा बढी नाफा 

Share News

वैशाख २३, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनासम्म रू. ६ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २ दशमलव २२ प्रतिशत कम भएको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सम्भावित जोखिम शीर्षकमा ९७ प्रतिशत कम रकम राखेको कम्पनीले रू. ५६ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४७ करोड ८९ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको थियो । यस वर्ष सञ्चालन घाटा सुधारिएर रू. ११ करोड ५५ लाखभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ३६ करोड ९७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड ४९ लाख ५४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७४ दशमलव ६६ प्रतिशत बढेर रू. २९ करोड ५३ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले यस वर्ष रू. २ अर्ब ८१ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ४ अर्ब २१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

निक्षेप संकलन भने यस वर्ष रू. ९९ करोड २६ लाखभन्दा बढी छ । गत वर्ष ४ दशमलव १६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ७६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ५१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१५ दशमलव ८३ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।