वैशाख २३, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ ।
यी दुई कम्पनी एक आपसमा गाभिने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । यी दुई कम्पनी बीच बिहीवार मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।,सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका छन् ।
बीमा समितिले तोकिएको चुक्तापूँजी पुर्याउनका लागि ती कम्पनीहरु एक आपसमा गाभिन लागेका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको रू. १ अर्ब २५ करोड रहेको छ । यी दुई कम्पनी एक आपसमा गाभिएपछि चुक्तापूँजी रू. २ अर्ब ४२ करोड भन्दा बढी पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. १ अर्बबाट बढाएर रू. २ ५० करोड पुर्याउन निर्देशन दिएसको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।