हिमालयन डिष्टिलरीले ९ महीनामा कमायो करीब ७९ करोड नाफा 

Share News

वैशाख २५, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले रू. ७८ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

कम्पनीले गत वर्षको तुलनामा यस वर्ष १७ दशमलव १८ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ६७ करोड २७ लाखभन्दा बढी थियो ।

यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी ३० दशमलव २० प्रतिशत बढेको छ भने सञ्चालन नाफा करीब १५ प्रतिशत बढेको छ । गत वर्ष रू. ३ अर्ब ९८ करोडभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब १८ करोडभन्दा बढी यो आम्दानी गरेको हो । 

सञ्चालन नाफा भने गत वर्ष रू. ९५ करोड ५६ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ९ करोडभन्दा बढी भएको छ । ७५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम करीब ३८ प्रतिशत वृद्धि भई रू. १ अर्ब ५ करोडभन्दा बढी पुगेको छ ।

कम्पनीको कुल सम्पत्ति रू. ३ अर्ब ४५ करोडभन्दा बढी छ भने कुल चालू दायित्व रू. ८४ करोड २४ लाखभन्दा बढी छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६९ दशमलव २२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १६९ दशमलव ६४ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।