जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता रू.१६७२.६० पुग्यो

Share News

वैशाख २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६७२ दशमलव ६० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग २२ हजार ७९९ कित्ता छ भने विक्री माग शून्य रहेको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।