वैशाख २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको दुई घण्टाको अवधिमा नागरिक लगानी कोषको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको रू. ६ करोड ७४ लाख बरारबको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ६८५ मा कारोबार भइरहेको छ । कम्पनीले हालसम्ममा २०७७/ ७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन ।
सोही कारण पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २८ दशमलव ११ अंक घटेर २ हजार २१० दशमलव ५१ विन्दुमा झरेको छ । त्यसैगरी कुल रू. ६५ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।